२०८३ वैशाख ११ , शुक्रबार

सल्यानमा हाइस दुर्घटना : दुई जनाको मृत्यु



सल्यान । सल्यानमा यात्रुबाहक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमवार रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको लु २ ख ५७३१ नम्बरको यात्रुवाहक हाइस सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई उपचारका लागि कोहलपुर रेफर गर्ने तयारी रहेको छ ।

अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार