२०८३ वैशाख ११ , शुक्रबार

छिन्चुबाट लागुऔषध सहित एक जना पक्राउ



सुर्खेत । सुर्खेतको भेरीगंगामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१३ बस्ने बर्ष १९ का सनिम सिरिषलाई रहेका छन । उनलाई भेरीगंगा नगरपालिका–१२ छिन्चु बजार स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सिरिषलाई शंका लागि चेकजाचँ गर्दा उनले मुख भित्र लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्द २ ग्राम ४२ मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ । हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० भदौ ५ गते मंगलबार