२०८३ वैशाख ११ , शुक्रबार

खुल्यो अवरुद्ध भेरी करिडोरको डोल्पाखण्ड



सुर्खेत । हिमाली जिल्ला डोल्पा जोड्ने भेरी करिडोरको डोल्पाखण्ड अवरुद्ध भएको १० दिनपछि खुलेको छ । त्रिपुरासुन्दरी नगरपालिका– ५ अनारदुलामा माथिबाट खसेको सुक्खा पहिरोको कारण अवरुद्ध भएको सडक १० दिनपछि खुलेको हो ।

एक्स्काभेटर लगाएर पहिरो पन्छाएसँगै सडक खुलेको भेरी करिडोर कार्यालयका प्रमुख सुजन अधिकारीले जानकारी दिए ।सुक्खा पहिरोले सडकसमेत भासिएकाले बाटो खुलाउन तटबन्धसमेत गरिएको उनले बताए । सडक खुलेपछि जिल्ला भित्रिने र बाहिरिने सवारीसाधनहरू आवागमनमा सजिलो भएको यातायात व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : २०८० भदौ ५ गते मंगलबार