२०८३ वैशाख ११ , शुक्रबार

नक्कली भुटानी शरणार्थी मुद्दामा एमालेलाई आरोप मात्रै लगाइयो : महासचिव पोखरेल



सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नक्कली भुटानी शरणार्थी मुद्दामा एमालेमाथि आरोप लगाउने काम मात्रै भएको बताएका छन् । बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा पोखरेलले गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम मात्रै भएको बताएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी मुद्दामा गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो । सक्कली प्रतिवेदन भेटिएपछि यो सेलायो तर बाहिर सरकारले नक्कली प्रतिवेदनका आधारमा भ्रम सिर्जना गरियो,’ उनले भने ।

महासचिव पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको बताए । साथै उनले गठबन्धनको सरकारले ‘सुशासन’ अभियानको नाममा भ्रमको खेती गरेको आरोप समेत लगाए ।

प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार