रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका सिस्ने हिमाल मेडिकल हलका सञ्चालक लक्ष्मण शाहीले आफ्नो गल्ती स्वीकार गरेका छन् । बाँफिकोट गाउँपालिकाले गरेको बजार अनुगमनमा आफ्नो मेडिकलको फोटो आएपछि उनले मध्यान्हकर्मी प्रचण्ड खत्रीलाई हातपात गरेका थिए ।
अस्थायी प्रहरी पोष्ट छिनखेतमा भएको छलफलमा मेडिकल सञ्चालक शाहीले आफूले गल्ती गरेको र आउँदा दिनमा यस्तो गल्ती नगर्ने बताएपछि सहमति भएको पीडित पत्रकार खत्रीले बताए ।
यस विषयमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम, प्रेस सेन्टर नेपाल रुकुम पश्चिम र प्रेस सेन्टर नेपाल मुसिकोट नगरपालिकाले प्रेस विज्ञप्ति समेत निकालेले घटनाबारे ध्यानाकर्षण भएको जनाएका थिए ।
प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार