२०८३ वैशाख ११ , शुक्रबार

चिङ्गाड–५ का विपन्न परिवारलाई त्रिपाल वितरण



सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मा खरको छाना भएका विपन्न परिवारलाई त्रिपाल सहयोग गरिएको छ । हावापानीको कारण घरको छाना चुहिएर घरमा बस्न समस्या भएको यस वडाका ५ जना विपन्न घरपरिवारलाई बुधवार गाउँपालिकाको बिपद व्यवस्थापन कोषबाट त्रिपाल सहयोग गरिएको हो ।

वडाका भक्त बहादुर राना, नैनसरी सुनार, तिल बहादुर जिसी, निर्मला सुनार, झुपी परियार र घनश्याम रानालाई त्रिपाल वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर जिसीले खबदृष्टिलाई जानकारी दिए । वर्षाको कारण उनीहरूकाे घरको छाना चुहिने भएकाले उनीहरूले निकै सास्ती खेप्दै आएका थिए ।

उनीहरूलाई केही सहजताको लागि त्रिपाल वितरण गरिएको वडा अध्यक्ष जिसीले बताए । उनले गाउँपालिकाका सबै वडाका विपन्न परिवारलाई आवश्यकता पहिचान गरी त्रिपाल सहयोग गरिने बताए । प्रत्येक वडामा ५ जनाका दरले त्रिपाल दिइने उनको भनाई छ । गरिब तथा विपन्न वर्गको पिडा बुझेको भन्दै स्थानीयहरूले गाउँपालिकाको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार