सुर्खेत । प्रहरीले चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ४६ वर्षीय धर्मराज सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।चेक अनादर मुद्दामा उच्च अदालत सुर्खेतले सिंहलाई लागत नम्बर २९९३ मा १ महिना कैद र २ हजार रुपैयाँ, लागत नम्बर ००१२३ मा ३ महिना कैद र तीन हजार रुपैयाँ र लागत नम्बर ००२३७ मा २ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । यस्तै रुकुमपश्चिममा पनि कुटपिट तथा घरेलु हिंसा मुद्दाको एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
सल्यानको दार्मा गाउँपालिका–५ बस्ने ४० वर्षीय टेकबहादुर केसी रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलंगा बजारबाट पक्राउ परेका हुन् । पक्राउ परेका केसीलाई जिल्ला अदालत सल्यानले लागत नम्बर १२५५ को १ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत रुकुम पश्चिमले लागेको जरिवाना असुल गरी कैद भुक्तानका लागि जिल्ला कारागार रुकुम पश्चिममा पठाएको छ ।