सुर्खेत । वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगद २ लाख १९ हजार ९ सयसहित १३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकस्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा अधिकांस दैलेख घर भएका रहेका छन् । जसमा दैलेख दुल्लु नगरपालिका–७ बस्ने दिनेश हमाल, दुल्लु– १३ को जगत भण्डारी, वडा–६ का थिर बहादुर खड्का, शेर बहादुर खड्का, सन्तोष थापा, वडा नम्बर–८ का लक्ष्मण सिंह, अमृत सिंह रहेका छन् । यस्तै दैलेखकै डुङगेश्वर गाउँपालिका–२ को नेत्र विष्ट, भैरवी गाउँपालिका–५ का रत्न बहादुर थापा रहेको छन् ।
यस्तै वीरेन्द्रनगर वडा नम्बर ४ बस्ने जनक बहादुर सुनार, ३ का ओम खड्का, वडा नम्बर ६ का सरोज बराल र वडा नम्बर ४ का हर्क थापा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुको साथबाट रकमसहित ५ गड्डी तास, १५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।