
फाइल तस्बिर
रुकुम पश्चिम । रुकुम पश्चिममा स्थानीयबाट कुटिएका एक बालकको मृत्यु भएको छ । को मुसिकोट नगरपालिका वडा नम्बर ४ ताङतुङ्गेका ९ वर्षीय भुवन विकको शनिबार बिहान मृत्यु भएको हो । उनी भाद्र ७ गते स्थानीय रामबहादुर बुढाथोकीबाट कुटिएका थिए ।
कुखुरा चोरेको आरोपमा बुढाथोकीले भुवनमाथि कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार भाद्र ७ गते कुटिएका भुवनलाई गाह्रो भएपछि शनिबार बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो ।
अस्पताल लगेपछि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका हुन् । भुवनलाई २ दिनसम्म स्वास्थ्य संस्था ल्याइएको थिएन् । उनीमाथि कुटपिट गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुढाथोकी बोल्न नसक्ने अपांगता भएका प्रहरी निरीक्षक श्रेष्ठले बताए । भुवनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरीको भनाई छ ।