२०८३ वैशाख ११ , शुक्रबार

युवा संघ कर्णालीको अध्यक्षमा शाही सर्वसम्मत चयन



सुर्खेत । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्षमा जीवन शाही सर्वसम्मत चयन भएका छन् । ६ गतेदेखि वीरेन्द्रनगरमा सुरु भएको राष्ट्रिय युवा संघ कर्णालीको प्रथम अधिवेशनबाट दैलेखका शाही अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । शाही यसअघि युवा संघ दैलेखका अध्यक्ष थिए ।

यस्तै, संघको उपाध्यक्षमा कालीकोटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह–सचिवमा जुम्लाका बद्री बोहोरा र सल्यानका नवराज शाही चयन भएका छन् । कोषाध्यक्षमा हुम्लाका मोहन बुढा चयन भएका छन् । सदस्यहरूको टुंगो भने यसअघि नै लागि सकेको थियो । अध्यक्षका लागि शाहीसँगै चार जनाको दाबी थियो ।

अध्यक्षमा चयन भएका शाही २०६९ मा दैलेख–काठमाडौं सम्पर्क मञ्च अध्यक्ष, २०७० मा कृष्ट कलेज काठमाडौंको अनेरास्ववियु इकाई कमिटी अध्यक्ष, २०७३ मा युवा संघ दैलेखको सचिवालय सदस्य र नेकपाकालीन अवस्थामा जिल्ला युवा संघ दैलेखको संयोजक तथा केन्द्रीय सचिवालय सदस्य थिए । स्वास्थ्यकर्मीसमेत रहेका शाही नेकपा विभाजनपछि पनि दैलेख युवा संघको अध्यक्ष थिए ।

प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार