२०८३ वैशाख ११ , शुक्रबार

बन्चरो प्रहार गरी फरार रहेका बुढा प्रहरीको नियन्त्रणमा



हुम्ला । हुम्लामा बन्चरो हानेर एक जनालाई घाइते बनाएकाबाँचे बुढा प्रकाउ परेका छन । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका–६ मा गत ५ गते बन्चरो हानी फरार रहेका अरोपित ४० वर्षीय बुढा आइतवार पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रकाउ गरेको हो ।

उनले सोही ठाउँकै ४० वर्षीय कर बुढालाई घाइते बनाएका थिए । घाइते करकी पत्नी सोबन्धरा बुढाले भदौ ६ गते प्रहरी चौकी मेल्छाममा खबर गरेपछि हतियार प्रहार गर्ने आरोपितको खोजिकार्य भईरहेको थियो । उक्त खोजिपछि आरोपित बाँचेलाई आइतवार बिहान पक्राउ गरीएको हो ।

यता, बन्चरो प्रहारबाट घाइते भएका चंखेली गाउँपालिका वडा नम्वर ६ का ४० वर्षीय कर बुढाको स्वास्थ्य सुधार नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको प्रहरी स्रोतले जनाएको छ ।

भदौ ५ गते राती १२ वजेको समयमा सोही ठाउँका ४० वर्षीय बाँचे बुढाले बन्चरो प्रहार गर्दा कर बुढा सक्त घाइते भए पनि उनलाई गाउँपालिकाकै स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि आइतवार काठमाडौँ लगिएको आफन्तले बताएका छन् ।

प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार