२०८३ वैशाख ११ , शुक्रबार

डोल्पाका सेनानी पण्डितको अवस्था अझै पनि अज्ञात



सुर्खेत । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि अझै सम्पर्कविहीन नै छन् । आइतबार साँझ ४ः५५ बजेदेखि सम्पर्कविहीन रहेका उनको अवस्था यकिन हुन नसकेको डोल्पाका प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीले जानकारी दिए ।

 

‘आजचाहिँ खोलाको किनारैकिनार त्रिवेणीतिर खोज्न टोली परिचालन गरेका छौं। रातभरि खोजी कार्य जारी राख्दा पनि अवस्था यकिन हुन सकेन,’ जिल्ला प्रहरी प्रमुख बुढाथोकीले भने । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका, डाँछी घर भएका उनी ब्यारेकबाट साथीसँग बाहिर निस्किएका थिए।

 

मोबाइलको अन्तिम लोकेसन दुनैबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोट देखिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । अंगरक्षक नलिई निस्किएका पण्डित बेपत्ता हुनुपर्ने कारण पनि पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार