२०८३ वैशाख ११ , शुक्रबार

कर्णालीको कार्यवहाक मुख्यमन्त्रीमा मंगल शाही



मंगल शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारको कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी मंगल शाहीले सम्हालेका छन् । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शाहीले बुधवारदेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

बुधबार मुख्यमन्त्री राजकुमार शर्मा स्विट्जरल्याण्ड भ्रमणमा निस्किएपछि प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री शर्मा स्विट्जरल्यान्डको जुरिचमा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले संविधानको धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् । कार्यक्रम जुरिचमा बिहीबार आज र भोलि हुनेछ ।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार