२०८३ वैशाख ११ , शुक्रबार

बाँफिकोटमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु



आशा विक, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु भएको छ । गाउँपालिकाका १० वटा वडामा एकैसाथ अभियान शुरु भएको हो। नेकपा माओवादी केन्द्रका बाँफिकोट-४ का अभियानका इन्चार्ज प्रेमा शाहीले वडा नं-४ मा अभियानको उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै शाहीले अभियानले आजको युगको नेतृत्व तयार पार्ने विश्वास माओवादी केन्द्रले लिएको बताइन् । साथै अभियानमा संगठन विस्तार, सदस्यता वितरण तथा नवीकरण, छलफल, बैठक, जनभेटघाटलगायतका गतिविधि सञ्चालन हुने इन्चार्ज शाहीको भनाइ छ ।

तीन महीनासम्म सञ्चालन हुने अभियानमा बाँफिकोट-४ का मतदातासँग प्रत्यक्ष संवाद गर्ने र केही सदस्यता बनाउने मुख्य उद्देश्य राखिएको छ । सो अवसरमा नेकपा माओवादी केन्द्रका नेता खिमप्रसाद पुरी, माओवादी केन्द्र वडा नम्बर ४ का अध्यक्ष शसिराम रिजाल लगायत सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाली कांग्रेस परित्याग गरी ३ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रदेश गर्नेमा कांग्रेसका तुलि केसी, रामप्रसाद गिरी र जितभान परियार रहेका छन् ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार