अनेरास्ववियुको कार्यवाहक अध्यक्षमा घर्ती

खबरदृष्टि सम्वाददाता १६ भाद्र २०८०, शनिबार १९:४८
नारायण घर्ती

सुर्खेत । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कार्यवाहक अध्यक्षमा सङ्गठनका केन्द्रीय उपाध्यक्ष नारायण घर्तीलाई जिम्मेवारी प्रदान गरिएको छ । शनिवार एक बिज्ञप्ती जारी गर्दै अध्यक्ष समिक बडाले उनलाई कार्यवहाक जिम्मेवारी दिएका हुन् ।

उनले आफू यही भाद्र १७ देखि २९ गते सम्म चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चिन भ्रमणमा रहने भएकाले सङ्गठनको विधानको धारा ११ (२) को (ख) बमोजिम उनलाई जिम्मेवारी प्रदान गरीएको जानकारी दिए । उनले आफू स्वदेश नफर्किने बेला सम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी समाल्न निर्देशन दिएको बताए । कार्यवाहक अध्यक्ष घर्ती कर्णाली प्रदेशको जाजरकोट जिल्ला निवासी हुन् ।

Next Post

सिंहदरबारमा आगो लगाइदिने बालेन शाहको धम्की

१६ भाद्र २०८०, शनिबार १९:४८
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले यस्तो धम्की दिएका हुन् । उनले चोर सरकार भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031