२०८३ वैशाख ११ , शुक्रबार

जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



सुर्खेत । जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान ६ः४५ बजेको समयमा कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले खबरदृष्टिलाई जानकारी दिए ।

चालक र सहचालकको सनाखत हुन नसकेको र जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा चालक र सहचालक मात्रै रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार