२०८३ वैशाख ११ , शुक्रबार

जुम्लामा जिप दुर्घटना : मृतकको सनाखत



सुर्खेत । जुम्लामा जिप दुर्घटनामा परेर मृत्यु भएका दुवै जनाको सनाखत भएको छ । आइतबार बिहान ६ः४५ बजेको समयमा जुम्लादेखि मुगु जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप कनकासुन्दरी–४ छाकुनेरामा भएको दुर्घटनामा परेको थियो ।

जिपका मालिक घटनास्थलमा पुगेपछि मृतकको सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

उनका अनुसार जिप दुर्घटनामा परी चालक मुगु रारा छायानाथ नगरपालिका–५ का अन्दाजी २८ वर्षीय अविराज कार्की र सहचालक सोही वडाका २२ वर्षीय जीतेन्द्र रावलको मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि मुगु जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस् । 

जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार