
फाइल तस्बिर
सुर्खेत । भेरीगंगाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । भेरीगंगा नगरपालिका–५ बबई स्थित चेक पोईन्टमा खटिएको ४ जनाको प्रहरी टोलीले अवैध सामान बरामद गरेको हो ।
नेपालगञ्ज देखि जाजरकोट तर्फ जाँदै गरेको बा २ ख १४०० नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए ।
उनकाअनुसार कुर्ता सुरुवाल २३ पिस, अलादिन १० पिस, कुर्ती १५ पिस, धोती ८ पिस, पेटिकोट रेडिमेट १२ पिस, स्वल ६ पिस, पाइन्ट २ पिस, टिसर्ट १६ पिस, साडी ६ पिस र काँचो कपडा थानको ३ रोल बरामद गरिएको छ ।
बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको र गाडीबाट गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार