२०८३ वैशाख ११ , शुक्रबार

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिनेछ : उर्जान्त्री बस्नेत



सुर्खेत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताएका छन् । आइतवार खलंगामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले हालसम्म ८५ प्रतिशत जनसङ्ख्यामा खानेपानीको सुविधा पुगेको भन्दै बाँकी १५ प्रतिशतमा कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने बताएका हुन् ।

उनले बाँकी १५ प्रतिशतलाई एकिन गरेर कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने जानकारी दिए । मन्त्री बस्नेतले एक वर्षभित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा बिस्तार गरिने बताउँदै हालसम्म २८ वटामध्ये २१ टावर सञ्चालनमा रहेको र सात वटा टावर मर्मत भइरहेको बताए ।

जिल्लाका कच्ची रहेका सडक स्तरोन्नतिको काम समेत भएरहेको उनको भनाई छ । साथै जिल्लाका अस्पतालमा डाक्टरको संख्या कम भएको भन्दै उक्त समस्या हल गर्न आफू लागिपरेको बताए ।

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार