२०८३ वैशाख १२ , शनिबार

बाँफिकोट गाउँपालिकामा ‘स्तनपान कक्ष’ सञ्चालन



आशा विक, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले बिहीवारबाट छुट्टै ‘स्तनपान कक्ष’ सञ्चालन ल्याएको हो । गाउँपालिकाले आफ्नै भवनमा ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष तारा बुढा केसीले जानकारी दिइन् ।

गाउँपालिकामा सेवा लिन र दिन आउनेले आफ्ना बच्चाहरुलाई सोही कक्षमा स्तनपान गराउन सक्ने उपाध्यक्ष केसीले बताइन् । झट्ट सुन्दा र देख्दा सामान्यजस्तो लागे पनि यसको महत्व र यसले पार्ने प्रभाव रहेको उनको भनाई छ ।

‘खुला ठाउँमा स्तनपान गराउन महिलालाई असहज हुँदा बच्चाले समयमा स्तनपान गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुने स्थिति सिर्जना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भनिन् । यसअघि गाउँपालिकामा स्तनपान कक्ष सञ्चालन नहुँदा आमाहरुलाई स्तनपान गराउन समस्या पर्ने गरेको थियोे । सेवा शुरु भएसँगै सो समस्या हटेको उपाध्यक्ष केसीको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार