
आशा विक रुकुम पश्चिम । छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै रुकुमपश्चिममा ११ वर्षीया बालिका आमाको किरिया बसेकी छन् । जिल्लाको बाँफिकोट गाउँपालिका –८ की ११ वर्षीया बालिका सन्ध्या बिक आमा अस्मिता बिकको किरिया बसेकी हुन् ।
आमा अस्मिताको उपचारका क्रममा मृत्यु भएपछि छोरी सन्ध्या ११ वर्षको उमेरमै आमाको किरिया बसेकी हुन् । छोराले किरिया बस्ने परम्परा रहेपनि पछिल्ला वर्षहरुमा भने छोरीहरु पनि किरिया बस्ने गरेका छन् । सन्ध्या अस्मिता बिक र पहलसिंह बिककी एक मात्र सन्तान हुन् । सन्ध्या कक्षा ५ मा अध्ययनरत छिन् ।
छोरा मान्छे मात्रै काजक्रिया वस्नु पर्छ भन्ने परम्परागत रिति तोड्दै आमाको निधन भएपछि एक मात्र सन्तान सन्ध्या आमाको किरिया बसेकी हुन् । उपचारको क्रममा मृत्यु भएकी अस्मिताको नेपालगञ्जबाट रुकुम पश्चिम ल्याएर मुसिकोट नगरपालिका वडा नम्बर ३ को मुग्लुखोलामा अन्त्येष्टि गरिएको थियो ।