२०८३ वैशाख १२ , शनिबार

अदनाचुलीमा मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या उच्च



मोहनसिंह वुढा, हुल्ला । हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा मौसमी रुघाखोकीका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । विशेष गरेर गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का बालबालिका र वृद्धवृद्धामा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका हुन् ।

पछिल्लो समय जिल्लाका अधिकांश गाउँपालिकामा मौसमी रुघाखोकीका कारण जताततै बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेपछि अदानचुली गाउँपालिकाका बालबालिका तथा वृद्धवृद्धामा पनि विभिन्न खाले बिरामी देखिन थालेका छन् ।

यतिखेर वडा नम्बर १, २, ३ र ४ लगायतका करिब २५ देखि ३० जना जति बालबालिका र वृद्धवृद्धामा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने, झगडा पखाला लाग्ने जस्ता विभिन्न रोगका लक्षणहरू देखा परेका बिरामीहरू स्वास्थ्य चौकीमा दिनहुँ आउने गरेको श्रीनगर स्वास्थ्य चौकीका इन्चार्ज राम सरण थापाले जानकारी दिए ।

उक्त लक्षण तीन वर्षदेखि माथि १६ वर्षदेखि मुनिका बालबालिका र ५५ वर्ष देखि माथिका वृद्धवृद्धाहरुमा देखा परेको छ । मौसमी रुघाखोकीका कारण विद्यालय जाने विद्यार्थीको पठनपाठनमा समेत प्रभावित भएको छ ।

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार