सुर्खेत । रुकुम पश्चिममा एक जना फरार प्रतिवादीलाई पक्राउ परेका छन् । सवारी अङ्गभङ्ग मुद्दामा अदालतबाट दोषी ठहर भएका आठविसकोट नगरपालिका ८ दाँजेका ३३ वर्षीय हरि बहादुर बुढा पक्राउ पक्राउ परेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरी टोलीले बुढालाई बिहीबार पक्राउ गरेको हो । बुढा विरुद्ध रुकुम अदालतले २०७८ असोज ७ गते सवारी अङ्गभङ्ग मुद्दामा दुई वर्ष ११ महिना पाँच दिन कैद र १५ हजार रुपियाँ जरिवाना तोकेर फैसला गरेको थियो ।
त्यसयता फरार रहेका बुढालाई फैसला कार्यान्वयनको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विष्णु कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका बुढालाई बिहीबार नै जिल्ला अदालत रुकुममा उपस्थित गराइएको छ ।
प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार