२०८३ वैशाख १२ , शनिबार

रुकुम अदालतका दुई कर्मचारी पुरस्कृत



सुर्खेत । रुकुम जिल्ला अदालतले दुई जना कर्मचारीलाई पुरस्कृत एवम् सम्मान गरेको छ । अदालतमा कार्यरत दुई जना उत्कृष्ट कर्मचारीलाई निजामती सेवा दिवसको अवसरमा पुरस्कृत गरिएको हो । अदालतका श्रेष्तेदार बिष्णु पौडेलका अनुसार अदालतका तामेलदार सुवास खड्का र कार्यालय सहयोगी तुलबिर ओलीलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।

दुबै जना कर्मचारीहरुलाई जिल्ला न्यायधीस खड्क बहादुर के.सी.ले प्रमाणपत्र तथा दोसल्ला सहित पुरस्कार वितरण तथा सम्मान गरेका हुन् । त्यसैगरी शुक्रवार नै अदालतमा पहिलो आउने सेवाग्राहीलाई कार्यालयमा सम्मान गरिएको छ ।

श्रेष्तेदार पौडेलका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ५ निवासी ४२ वर्षिय बिष्णु बिश्वकर्मालाई स्वागत तथा सम्मान गरिएको हो । वकालत नाम लगाउन कार्यालयमा आएका उनलाई दोसल्ला र फूलले सम्मान तथा स्वागत गरिएको हो ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार