
सुर्खेत । लायन्स क्लब अफ सुर्खेत बुलबुलेको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोटको समन्वयमा पञ्चपुरी नगरपालिका वडा नं –२ सालकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान नै जीवनदान भएकाले यो सन्देश ग्रामीण भेगसम्म पु¥याउन कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष तिलकराम अधिकारीले जानकारी दिए ।
उनले ग्रामीण क्षेत्रमा धेरै जनाले रक्तदान कार्यक्रम गरेको यो नै पहिलो भएको बताए । कार्यक्रम लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष तिलकराम अधिकारीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नं –२ का वडाध्यक्ष याम बहादुर विसी, नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोटका सभापति याम बहादुर विसी, लायन्स क्लब अफ इन्टर्नेस्नलका कलष्टर चिफ लायन्स दल बहादुर गुरुङ, पञ्चपुरी नगरपालिका कार्यालय बाबियाचौरका योजना अनुगमन तथा प्रशासकीय अधिकृत चुडामणि कँडेल, सूर्यप्रकाश मावि पलैटेका अध्यक्ष नवीन कुमार थापा, सूर्य प्रकाश मावि का म्यानेजिङ डाइरेक्टर गोकुल प्रसाद पाण्डे लगायतको लगायतको सहभागिता थियो ।