२०८३ वैशाख १२ , शनिबार

कर्णालीमा माओवादीको प्रचार विभाग गठन : अध्यक्षमा देवकोटा, सचिवमा भारती



सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश, प्रदेश प्रचार विभाग गठन भएको छ । देवीराम देवकोटाको नेतृत्वमा १३ सदस्यीय प्रचार विभाग गठन गरिएको हो । यस्तै विभागको सचिवमा गणेश कन्चन भारती छन् । अब विभागले पार्टीको समग्र प्रचार अभियानलाई सफल पार्नका लागि रणनीति बनाउने छ ।

साथै माओवादीले थालेको तीन महिने विशेष रूपान्तर अभियानलाई सफल बनाउन, प्रेस सेन्टर र आइसिटी ग्रुपलाई समेत योजना दिने र परिचालन गर्नेछ । अब आउने पत्रकार महासङ्घ निर्वाचनलाई केन्द्रित गरेर हस्तक्षेपकारी भूमिका निर्वाह गर्न योजना बनाउने निर्णय गरेको नवनियुक्त सचिव भारतीले बताए। अब जिल्लाहरूमा पनि तत्काल प्रचार विभाग गठन गर्ने गरी छलफल भएको छ ।

माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीले माओवादीका गतिविधिलाई प्रचार गर्न नसकिएको बताए । अब प्रचार विभागले अहिलेको डिजिलाइट अनुसार अन्य दलहरूलाई समेत हस्तक्षेप गर्ने गरी पार्टीका गतिविधिहरूलाई प्रचार गरिनुपर्ने बताए । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले तीन महिने अभियानलाई व्यापक रूपमा अगाडि बढाइनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार