२०८३ वैशाख १२ , शनिबार

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध



हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा हवाई सेवा तीन दिनदेखि मौसमका कारण अवरुद्ध भएको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएको एक मात्र जिल्ला हुम्लाको हवाई सेवा मौसमका कारण अवरुद्ध हुँदा यात्रुको जनजीवन प्रभावित भएको छ । शुक्रबारदेखि मौसममा परिवर्तन आएपछि जिल्लामा ठूलो वर्षा भएको छ ।

वर्षासँगै बाक्लो हुस्सुले तीन दिन आगाडि नै जिल्ला बाहिर जान र जिल्ला आउन हातमा हवाई टिकट लिएका यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन् । जिल्लामा हवाई सेवाबाटै विभिन्न निर्माण सामग्री, दैनिक उपभोग्यलगायतका सामग्री पनि आउने हुँदा समस्या थप बढेको छ । अहिले जिल्लामा हरेक सामग्रीको अभव देखिएको छ ।

हुम्लाका लागि दैनिक सीता, तारा, समिट एयरको जहाजले उडान गर्दै आएका थिए । तर नेपाल एयरलाइन्सले भने हुम्लामा अरु निजी जहाज जस्तो उडान गरेको छैन । बिहानदेखि नेपालगञ्ज र सुर्खेतबाट उडानको लागि जहाज तयारी अवस्थामा भएपनि मौसमका कारण उडान रद्द हुँदै आएको छ ।

प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार