प्रेस चौतारी सुर्खेतले बुझायो पत्रकार महासंघ कर्णाली र सुर्खेत समितिलाई ज्ञापन पत्र

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २४ भाद्र २०८०, आईतवार २०:०५

सुर्खेत । नेपाल पत्रकार महासङ्घ सुर्खेत र कर्णाली प्रदेश समितिलाई प्रेस चौतारी नेपाल, जिल्ला समिति सुर्खेतले ज्ञापन पत्र बुझाएको छ। आइतबार प्रेस चौतारीले पत्रकार महासङ्घ सुर्खेत र प्रदेश समितिलाई ज्ञापन पत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले महासङ्घलाई विशुद्ध पत्रकारहरूको संस्था बनाउनका लागि शुद्धीकरणका लागि विभिन्न १५ वटा मापदण्ड तयार गरेको छ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको सचिवालय बैठकले महासङ्घले तयार पारेको उक्त मापदण्डलाई लत्त्याउँदै प्रेस चौतारीमा आस्था राख्ने पत्रकारहरूलाई मात्रै लक्षित गरी केही सदस्यहरूको नवीकरण नगर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। प्रेस चौतारी नेपाल सुर्खेत अध्यक्ष गोविन्द खत्रीले आइतबार पत्रकार महासङ्घका कर्णाली अध्यक्ष देवीराम देवकोटा र सुर्खेत अध्यक्ष ललित बसेललाई ज्ञापन पत्र दिएको जानकारी दिए।

उनले भने, ‘नियमित रूपमा कलम चलाउँदै आएका पत्रकारहरूलाई प्रेस चौतारीमा आस्था राखेकै आधारमा पक्षपातपूर्ण तरिकाले गरिएको उक्त निर्णयप्रति हाम्रो कडा आपत्ति छ । सदस्यता शुद्धिकरण गर्ने कुरा स्वागतयोग्य हुँदाहुँदै सचिवालयमा हाम्रो सङ्गठनको प्रतिनिधित्व नभएको फाइदा उठाउँदै चौतारीमा आस्था राख्ने पत्रकारहरूलाई रोक्ने र अन्य सङ्गठनका सदस्यहरूलाई बचाउने गरी मापदण्ड लगाउने कुरा सुन्नमा आएको छ। यो खेदजनक छ।’

यस्तै, अध्यक्ष खत्रीले पक्षपातपूर्ण तरिकाबाट गरिएको उक्त निर्णय तत्काल सच्चाउनुपर्ने बताए। साथै खत्रीले अन्यायपूर्ण निर्णय कायमै राखेको खण्डमा प्रेस चौतारी नेपाल आन्दोलनमा उत्रिन बाध्य हुने र  जिल्लाले गरेको सिफारिस विपरीत प्रदेशले गरेको निर्णयका साथै शाखाका सदस्यको पक्षमा लड्नका लागि एकबद्धता हुन आवश्यक रहेको बताए।

Next Post

कर्णालीमा आत्महत्याकाे डरलाग्दो तथ्यांक

२४ भाद्र २०८०, आईतवार २०:०५
कुलेन्द्र शाही, सुर्खेत । कर्णालीमा आत्महत्या गर्नेको पछिल्लो तथ्याङ्क निकै डरलाग्दो हिसाबले बढ्दै गएको छ । आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको छैन । आइतबार सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930