
रुकुम पश्चिम । रुकुमपश्चिचमा एक जना समाजसेवीले मन्दिरलाई कपडा सहयोग गरेका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्मा घर भई हाल अमेरिकाको टेक्सासमा बस्दै आएका गोर्खा कुसारीले बाँफिकोट–६ काडामा रहेको बुरालमष्ट मन्दिरलाई कपडा सहयोग गरेका हुन् ।
कुसारीले बुढुमष्ट क्षेत्र विकास कोषअन्तर्गत बुरालमष्ट मन्दिरमा दैनिकरूपमा पूजाआजा तथा ध्यानमा खटिने दिक्षित व्यक्तिहरु, पुजारी, पण्डित, मन्दिर सञ्चालक समितिलगायत कोषसँग सम्बन्धित विभिन्न पदाधिकारीहरूका लागि आवश्यक पर्ने कपडा सहयोग गरेको बुढुमष्ट क्षेत्र विकास कोषका संरक्षक ध्रवराज केसीले जानकारी दिए ।
अमेरिकामा बस्ने कुसारीले मन्दीरलाई १ लाख १ हजार १ सय १ रुपैयाँ बराबरको न्यानो कपडा सहयोग गरेको संरक्षक केसीले बताए । नेकपा माओवादी केन्द्र रुकुम–अमेरिका सम्पर्क मञ्चका अध्यक्षसमेत रहेका कुसारीले यसअघि पनि समाजमा सहयोग गर्दै आइरहेका छन् ।