२०८३ वैशाख १२ , शनिबार

एकीकृत समाजवादी सुर्खेतको जिल्ला कमिटी पुर्नगठित : अध्यक्षमा रास्कोटी



सुर्खेत । नेकपा एकीकृत समाजवादी सुर्खेतको जिल्ला कमिटी पुर्नगठित गरिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले जिल्ला कमिटी पुर्नगठित भएको जानकारी गराएको हो ।भदौँ १३ गते बसेको सचिवालय बैठक र भदौै २३ गते बसेको जिल्ला कमिटी बैठकले जिल्ला कमिटीलाई पुर्नगठित गरेको छ ।

पुर्नगठित जिल्ला कमिटी सुर्खेतको अध्यक्षमा अध्यक्षमा टोपबहादुर रास्कोटी चयन भएको छन् । रास्कोटी यसअघि उपाध्यक्ष थिए । यस्तै जिल्ला कमिटीको उपाध्यक्षहरुमा शिवप्रसाद उपाध्याय, खड्गबहादुर केसी, सचिवमा विरबहादुर रावत (भोटे), उपसचिवहरुमा छविलाल सापकोटा र गोविन्दबहादुर शाहीलाई जिम्मेवारी तोकेको छ ।

एकसय ३ सदस्यीय जिल्ला कमिटीमा एकजना पदाधिकारी (उपसचिव/दलित महिला) पछि थप गर्ने निर्णय गरेको छ । बैठकले केही सीमित नेता कार्यकर्ताहरुले पार्टी छोड्दैमा सिंगो पार्टीलाई नै समायोजन भन्नु सरासर गलत र भ्रर्मबाजी मात्रै भएको जिल्ला अध्यक्ष रास्कोटीले बताए ।

पत्रकारसम्मेलनमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्यायले नीति र सिद्दान्तबाट बिचलित भएका केही व्यक्तिहरुले पार्टी छोड्दैमा पार्टी समायोज भयो भनेर भ्रम भिजाइएको बताए । उनले कुनै पनि कार्यकर्ताहरुलाई विचल्लित नभएर पार्टीको नियमित काम कारवाहीमा सक्रिय हुनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कुलदिप भट्ट, केन्द्रीय परिषद सदस्य एवम् पार्टी प्रदेश प्रचार विभाग प्रमुख वशन्तकुमार विश्वकर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।तत्कालीन जिल्ला अध्यक्ष मोहनसिंह बढुवालसहितका केही नेताहरुले एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार