२०८३ वैशाख १२ , शनिबार

वाइट विङ्गस सुर्खेतको टिकटक प्रतियोगिता, विजेताले नगद ५ हजार पाउने

भिडियो बनाएर आजको दिनबाट असोज १ गतेसम्म पठाउनुपर्ने


सुर्खेत । वाइट विङ्गस प्रा.लि सुर्खेतले तीज विशेष टिकटक प्रतियोगिता गर्ने भएको छ । तीजलाई मध्यनजर गर्दै सुर्खेतको वीरेन्द्रनगरमा रहेको यस प्रा.लिले टिकटक प्रतियोगिता आयोजना गरेको हो ।

यस प्रतियोगितामा भाग लिनको लागि महिला प्रतियोगिहरुले कुनै पनि तीजको गीतमा भिडियो बनाउनु पर्नेछ । यस प्रतियोगितमासहभागिता जनाउन पाउने प्रतियोगितहरुका लागि तीज विशेष टिकटक भिडियो बनाएर २६ गतेबाट तीजको अन्तिमदिन अर्थात असोज १ गतेसम्म पठाउनुपर्ने ह्वाईट विङ्गस् प्रोडक्सन हाउस प्रा.लि.का सञ्चालक मनिष गहतराजले बताए ।

प्रतियोगिताका लागि सेतोपंछीको मेलआइडि setopanchi26@gmail.com र ह्याट्सएप नम्बर ९८६८३२५६९२ मा टिकटक भिडियो पठाउनु पर्ने सञ्चालन गहतराजले बताए । उनले मेल र ह्याट्सएपमा आएको टिकटकलाई तीजको अन्तिमदिनसम्म सेतोपंछीको टिकटक एकाउन्ट setopanchi.com पोष्ट गरिने बताए ।

पोष्ट गरिएको भिडियोमा सबै भन्दा धेरै लाइक र प्रतिकृया पाएको भिडियोलाई उत्कृष्ट ठहरर्याउँदै एक जनालाई पुरस्कार दिइने छ । उनकाअनुसार विजेताले नगद पाँच हजार पैसा पाउनेछन् । भिडियो एकल वा दुई जनासम्मको समूहमा बनाएर सहभागि हुन पाउनेछन । प्रतियोगितामा जुनसुकै उमेर समूहका महिलाले पनि सहभागिता जनाउन पाउनेछन ।

प्रतियोगितामा एक व्यक्ति वा समूहले एउटा मात्र टिकटक पठाउन पाइने छ । यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले भिडियो बनाउँदा प्रालिले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पूर्ण पालना गर्नुपर्ने सञ्चालन गहतराजले बताए ।

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार