२०८३ वैशाख ११ , शुक्रबार

सिम्तामा अब न्यायिक मामिला व्यवस्थापन अनलाइन सिस्टममा जाँदै



दुर्गा विसि, सल्यान । सुर्खेतको सिम्ता गाउँपालिकाकाे न्यायिक मामिला व्यवस्थापन डिजटल प्रविधिमा लिने उद्देश्यले एकदिने गोष्ठी तथा तालिमको आयोजना गरिएको छ । न्यायिक मामिला व्यवस्थापन प्रणाली,विकासका लागि सुचना तथ्यांक प्रणाली सबै भन्दा बढी विवाद फर्छ्यौट गर्ने पालिकामा पर्छ ।

न्यायिक निरुपण क्षेत्रमा विगतका दिनमा अब्बल सावित भएको जनाएको छ । टाेल र वडाबाट हुने विवाद वडाबाटै टुंग्याउने,वडाले टुंग्याउन नसकेका कुरा पालिकाकाे न्यायिक समितिले टुंगोमा पुर्‍याउने जनाएको छ । जुन विवादहरु अनलाइन,डिजिटल सिस्टममा काम गर्न सकिने उपायबारे जानकारी गराएको छ ।

झैझगडा,कुटपिट दुर्ववहार,घर जग्गा,लेनदेन,ठगी,ज्याला मजदुरि,अन्य विवाद,विवाह दर्ता, सम्बन्ध विच्छेद लगाएतका विविध स्थानीय तहमा आउने विवादयुक्त कुराकाे मुद्दामा कसरी अनलाइन सिस्टमै दर्ता गर्ने र पालिकामा पठाउने भन्ने विषयमा न्यायिक समिति,मिलमिलाप समिति,वडा सचिव,वडा र टाेल समितिहरुलाइ एक दिने अनलाइन तालिम दिएको छ ।

फर्च्योट र निरुपण भैसकेका मुद्दाहरुका विवरण समेतका रेकर्डमा कसरी राख्ने भन्ने विषयमा समेत जानकारी दिएको छ । यसाे भएमा पेपर लेसकाे न्युनिकरणमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ । साथै यशरि अनलाइन सिस्टमै मुद्दा माथिल्लो निकायमा पेश गर्ने,दर्ता कसरी गर्ने भन्ने कुराकाे विषयमा जानकारी गराएको छ ।

कार्यक्रम सिम्ता गाउँपालिका न्याय समिति संयोजक तथा उपाध्यक्ष गाेमा शर्मा रेग्मी,न्यायिक समिति पदाधिकारी,वडा सचिव,मेलमिलाप कर्ता,डाटा फर डेभलपमेन्ट द एसिया फाउन्डेसनका उप निर्देशक प्रणय रत्न स्थापित,यङग इनोभेसनका विझशन विष्ट,यङ्गकै निर्देशक सराेज विष्ट,एसिया फाउन्डेसनकि कार्यक्रम अधिकृत सुवेक्षा पोख्रेल,ओजस्वी केसी,एसिया फाउन्डेसनका प्रदेश संयोजक अनुप नेपालीकाे उपस्थिति रहेको थियोे । एसिया फाउन्डेसन र सिम्ता गाउँपालिकाकाे साझेदारीमा सुचना प्रणालीमा आधारित काम भैरहेको छ ।

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार