सुर्खेत । छिन्चु-जाजरकोट सडकखण्ड अन्तरगत सुर्खेतको भेरीगंगामा बस र अटो एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । मङ्गलवार राति अन्दाजी १२ बजेको समयमा नेपालगन्जबाट जाजरकोट जाँदै गरेको १ ख १४७६ नम्बरको बस र मेहलकुनाबाट जहरे आउँदै गरेको भे १ ह ३८२२ नम्बरको अटो भेरीगंगा नगरपालिका– ८ लोदेमा एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ठक्करबाट अटो सवार ६ जना घाइते भएका छन् । घाइते ६ जना मध्ये ३ जनाको मेहलकुना र ३ जनाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले खबरदृष्टिलाई जानकारी दिए ।
उनकाअनुसार बस चालक बाँकेको बैजनाथ गाउँपालिका ३ बस्ने वर्ष ४२ का गोपाल नेपाली र अटो चालक भेरीगंगा नगरपालिका–८ बस्ने वर्ष २५ का हरि विक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।