सुर्खेत । कालीकोटमा बाख्रा चराउन गएकी एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । नरहरिनाथ–३ कुमालगाउँ भराताकी १३ वर्षीया करिष्मा विष्टको गाउँदेखि तलभेरा खोला भीरको किनाराबाट चिप्लिएर बुधवार मृत्यु भएको हो ।
स्थानीय जनता आधारभूत विद्यालयमा ७ कक्षामा पढ्ने बालिकाको मृत्यु भएपछि विद्यालय बन्द गरिएको शिक्षक सावित्री भट्टराईले बताइन् । उनी खोलामा खसेपछि बुधबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए ।
प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार