
सुर्खेत । कर्णालीका २ सय १२ किशोरीले एचपीभी खोप लगाएका छन् । उनीहरुले प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा एपीभी अर्थात पाठेघरको क्यान्सर विरुद्धको खोप लगाएका हुन् । कर्णालीका ८ सय १ जना किशोरीहरुलाई एचपीभी खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सुचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए ।
उनकाअनुसार सुर्खेतमा निर्धारित समयमा खोप लगाउन आवश्यक तयारी पुरा गरी बुधवारदेखि खोप अभियान संचालन भएको हो । पाठेघरको मुखको क्यान्सरबाट कर्णालीमा पनि थुप्रै महिलाहरु पीडित रहेको चिकित्सकको भनाई छ ।
पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमाभाइरस (एचपीभी) का कारण हुने बताइन्छ । तर सरकारले पहिलो पटक किशोरावस्थाबाटै यो समस्या समाधान गर्न खोप अभियानको शुरुवात गरेको हो । बुधवारबाट सुरु भएको यो खोप अभियान ३० गतेसम्म चल्ने छ ।
प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार