२०८३ वैशाख १२ , शनिबार

हुम्लाको ताँजाकोटका २९ जना माओवादीमा प्रवेश



सुर्खेत । हुम्लाकाे ताँजाकोट गाउँपालिकामा एकै दिन २९ जनाले नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। बुधबार भएको प्रशिक्षण कार्यक्रममा उनीहरुले माओवादीमा प्रवेश गरेका हुन्। उनीहरुलाई माओवादी केन्द्र हुम्ला जिल्ला इञ्चार्ज झकबहादुर मल्ल (सुदीप) ले स्वागत गरेका हुन् ।

कांग्रेस परित्याग गरी माओवादी रोज्नेहरुमा धनसिंह रिठाल, सकुन्तला तिठाल, टेक बहादुर नेपाली, छक्क बहादुर खड्का, मकरे खड्का, जानुका खड्का, छपकुल्ला खड्का, काँशी खड्का, मनसरी खड्का, हर्क कटुवाल, जैमान खड्का रहेका छन्।

यस्तै नेकपा एमाले परित्याग गरी माओवादी रोज्नेमा चन्द्र बहादुर खड्का, साइना खड्का, जयमनि जैसी शर्मा, सौर्य कटुवाल, बाँचु जैसी, पविन्द्र जैसी, जोखे चँदारा, कर्णजित सार्की, दलपति सार्की, झौंरे सार्की, शक्ति सार्की, धनी सार्की, मनिभाउ सार्की, अमृता सार्की, बलवान शाही, प्रविना सिंह, बैशाखे कामी रहेका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट देउचे सार्कीले पनि माओवादीमा प्रवेश गरेका छन्। हिजो व्यवस्था परिवर्तन गरेको पार्टी माओवादी रहेको र अब जनताको अवस्था परिवर्तन गर्ने एक मात्र पार्टी माओवादी नै रहेकाले माओवादी रोजेको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८० भदौ २८ गते बिहीबार