सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिका–२ धामीढुंङ्गामा आमा छोरीको शव जलेको अवस्थामा फेला परेको छ । शनिवार बिहान साढे ६ बजेको समयमा अन्दाजी वर्ष ३० कि रेवती थापा र उनकी छोरी ९ महिनाकी ऋतु थापाको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
‘धेरैले ग्याँस लिक भएर यो घटना घटेको भनि अपुष्ट जानकारी दिएपनि अहिलेसम्म के भएको हो ?, घटना कसरी घटेको हो ? केही खुलेको छैन्’ जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक नविन काकीले भने । उनकाअनुसार उनीहरु जलेको भनि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हाल ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षकको टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता, वडा नम्बर २ का वडा अध्यक्ष लोक बहादुर रामजाले स्थानीयले ग्याँस लिक भएको भनि बताएको तर, घटनाको आधिकारीक कारण खुल्न नसकेको बताए ।
उनले हिजो साँझ खाना खाएर सुतेका उनिहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेको जानकारी दिए । उनकाअनुसार घरमा उनीहरु आमाछोरी मात्रै भएको र रेवतीका श्रीमान रोजगारीको शिलसिलामा भारत गएका छन् ।