२०८३ वैशाख १२ , शनिबार

हिमा नदीमाथिको पुल पहिरोले भत्काएपछि स्थानीयलाई सास्ती



सुर्खेत । जुम्लामा ट्रस पुल पहिराले भत्काएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । शुक्रबार वर्षासँगै आएको बाढीपहिरोले कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौरको खारमा हिमा नदीमाथिको ट्रस पुल भत्काएपछि स्थानीयलाई समस्या भएको हो ।

बुम्र, धुनौली र सिप्टी गाउँका स्थानीय बासीलाई लेब्दी वनमा आवतजावत गर्नका लागि तीन वर्षअघि फोरएस जुम्लाले ट्रस पुल निर्माण गरेको थियो । यो तीन गाउँको घाँस, दाउरा, स्याउला, गाईवस्तुको चरण क्षेत्र र उत्पादन क्षेत्र पनि त्यहीँ वन जंगल हो ।
तर, बाढी पहिराले ट्रस पुल नै भत्किाएपछि आवतजावतमा समस्या भएको वडाध्यक्ष भीम भण्डारीले बताए । ‘त्यो क्षेत्रमा आवतजावत गर्न पाँच मिटर र दुई सय मिटर तलमाथि झोलुंगे पुल त छन्,’ उनले भने, ‘तर, टाढा छन् । तत्काल पुन पनि पुर्ननिर्माण गर्न सक्ने अवस्था छैन ।’ उनले यस विषयमा वडा र गाउँपालिकामा छलफल गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार