२०८३ वैशाख १२ , शनिबार

सुर्खेतको जागरण एफएम १५ औँ वर्षमा प्रवेश



सुर्खेत । ‘हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था’द्वारा सञ्चालित जागरण एफएम सुर्खेत आज १४ वर्ष पूरा गरी १५ औँ वर्षमा प्रवेश गरेको छ । ‘जनताको आवाज’ नाराका साथ २०६५ सालमा स्थापना भएको जागरण एफएम आजदेखि १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको हो ।

वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. ब्यान्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रसारण आरम्भ गरेको जागरण एफएमले विपन्न, पछाडि पारिएका नागरीहरूको आवाज बुलन्द बनाउँदै आएको छ । समुदायका बढीभन्दा बढी नागरिकहरूको सहभागितामा नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्दै सञ्चारकर्म गर्ने अभिप्रायले जागरण एफएम सञ्चालनमा आएको हो ।

विशेष गरी, रेडियोले पर्यटन, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, कृषि, वातावरण संरक्षण एवम् प्राकृतिक प्रकोप न्यूनीकरण र जलवायु परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

जागरण एफएमले कर्णाली प्रदेशका स्थानीयतह अन्य सामुदायिक रेडियो स्टेसनहरूसँग नेटवर्किङ गरिरहेको छ । आफ्नो प्रसारणलाई जनमैत्री र समुदाय केन्द्रित गर्नका लागि विभिन्न ३० वटा सामुदायिक रेडियो र काठमाडौँको नेपाल एफएम नेटवर्कसँगको सहकार्यमा ‘कर्णाली रैबार’ नामक समाचारमुलक कार्यक्रम प्रसारण गरीरहेको छ ।

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार