सुर्खेत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपियाँसम्म प्राप्त गर्नेछन् ।
पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरू रहेका छन् । जसमा सुर्खेतबाट कोपिला भ्याली सेवा समाज वीरेन्द्रनगर–४ पुरस्कृत भएको छ । सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भई ३ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरी देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा सल्यानको नारायण माध्यमिक विद्यालय रुमाल गाँउ कुमाख २ ले राष्ट्रियस्तरमा तृतीय भई राष्ट्रिय सिल्ड, ध्वजा र एक लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।