२०८३ वैशाख १२ , शनिबार

हुम्लाको मासपुरवासीले ३० वर्षपछि पाए लालपुर्जा



हुम्ला । हुम्लाको मासपुर गाउँका स्थानीय सबैले ३० वर्षपछि जग्गाको लालपुर्जा पाएका छन्। २४ घरधुरी रहेको मासपुरका सबै घरपरिवारले जग्गाको लालपुर्जा पाएका हुन् । २४ घरधुरीले २०७९ वैशाखमा लालपुर्जा पाएपनि बाँकी घरधुरीले अहिले मात्रै पाएका हुन् ।

२०५० साल फागुन १९ गते यहाँको जग्गा जिल्ला मालपोत कार्यालयमा दर्ता भएको थियो । जग्गा दर्ता भए पनि हालसम्म मासपुरवासी लालपुर्जाविहिन थिए । पटक–पटक नापजाँच भए पनि लालपुर्जा नपाउँदा दुःखी भएका स्थानीय केशबहादुर रोकायाले तीन दशकपछि लालपुर्जा पाउँदा खुसी व्यक्त गरे ।

प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार