
दुर्गा विसि, सल्यान । सुर्खेतको सिम्ता गाउँपालिका–३ देउलीमा तीजको अवसरमा स्थानीयकला संस्कृतिको दमदार प्रस्तुतिसहित पञ्चमी मेला सम्पन्न भएको छ । मेला टोल विकास संस्थाको आयोजना र वडा कार्यालय तथा स्थानीय व्यापारी र व्यक्तिको आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा ११ वटा महिला समूहहरूको प्रस्तुति हेर्नलाई भूपाल सिंह ठकुरी, प्रेम विसी र चक्रबहादुर सिंह सहित ३ सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो ।
निर्णायक मण्डलले निकालेको नतिजाअनुसार मौला गाउँले प्रथम स्थान हासिल गर्दै दस हजार पुरस्कार प्राप्त गरेको छ । यस्तै आग्रीगाँउले दृतिय स्थान हासिल गर्दै ८ हजार, तृतीय दुर्पालाले ६ हजार र सान्त्वना पुरस्कार नहागाँउले दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको मौला टोल विकास समितिका अध्यक्ष टेकबहादुर खत्रीले जानकारी दिए । यस्तै देबिसरा सुनारले उत्कृष्ट नृत्य प्रस्तुत गरेर एक हजार, उत्कृष्ट बाध्यबादनतर्फ जैसरा खत्रीले पाँच सय रुपैयाँ प्राप्त गरेकी छिन् ।
साथै सहभागी भएको सबै समूहलाई प्रोत्साहन गरिएको खत्रीले जानकारी दिए । कार्यक्रममा सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दको प्रमुख अतिथि, उपाध्यक्ष गोमा शर्मा (रेग्मी)को विशेष अतिथि, वडाध्यक्ष लोक बहादुर शाही, नेकपा(एमाले)प्रदेश कमिटी सदस्य टेकेन्द्र बस्नेत, नेकपा(माओवादी)जिल्ला कमिटी सदस्य रेशम हमाल र नेपाली काँग्रेस वडा सभापति विमल सिंहको आतिथ्य रहेको थियो । कार्यक्रमको सभाध्यक्षता देउली टोल विकास संस्थाका अध्यक्ष ध्रुव कुमार सिंहको रहेको थियो भने कार्यक्रम सञ्चालन समितिका अध्यक्ष खत्रीले गरेका थिए ।