
सुर्खेत । अनेरास्ववियु दैलेखको अध्यक्षमा झलक खड्का चयन भएका छन् । शुक्रबार भएको अनेरास्ववियुको १३ औ जिल्ला अधिवेशनबाट खड्का सर्बसम्मत चयन भएका हुन् । अध्यक्षको जिम्मेवारी लिँदै खड्काले संगठनलाई थप प्रभावकारी र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचनबाट उपाध्यक्षमा मनोज गुरुङ र सुन्दर शाही, सचिवमा पार्वती थापा, सह–सचिवमा यामलाल न्यौपाने, हरि शाही, खगेन्द्र शाही र कोषाध्यक्षमा रोशन थापा लगायत २३ कमिटी सदस्य निर्वाचित भएको अनेरास्ववियु कर्णाली प्रदेश सह–संयोजक मिजाश मल्ले जानकारी दिए ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य, अनेरास्ववियु स्थायी कमिटी सदस्य, अनेरास्ववियु कर्णाली प्रदेश संयोजक, सह–संयोजक लगायतले शुभकामना मन्तव्य राख्दै संगठनलाई चलायमान बनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार