२०८३ वैशाख १२ , शनिबार

एमाले आयो र जनताले विकास देखे : अध्यक्ष ओली



सुर्खेत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास भन्ने कुरा एमाले आएपछि मात्र जनताले देखेको बताएका छन् । बुधबार एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, एमाले आयो र जनताले विकास देखे, एमाले आउनुअघि यो देशमा विकास नै देखिएको थिएन । उनले अहिलेको गठबन्धन सरकार विदेशीको जालझेलमा चलेको आरोप समेत लगाए । उनले २०८४ मा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे ।

उनले आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी र विरोध गरेको भएपनि एमाले पार्टी यस्तो कुरामा नअल्मलिने बताए । उनले सुन तस्करी अहिलेको गठबन्धन सरकारले बाहेक अरूले गर्दै नगरेको दाबी गरे । गठनन्धनले तस्करी रोक्ने होइन झन् झन् बढाउँदै गएको उनको भनाइ थियो ।’ गठबन्धन सरकारले तस्करी रोक्छु भन्छ झन् बढाउँदै गएको छ, भ्रष्टचार घटाउँछौं भन्छ झन् बढाउँदै गएको छु उनले भने ।

गठबन्धन सरकारको १० टाउका भएको आरोप समेत लगाए । कर्णालीमा सयौं विकासका सम्भावना भएपनि अझै पनि देशकै विकट प्रदेश भएको उनले बताए ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधबार