
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमति नजुटेपछि मतदान प्रक्रियामा जाने अवस्था आएको हो ।
निर्वाचन तालिकाअनुसार आज १२ गते ३ बजे मतदाताको नामावली प्रकाशन, ३ः०० बजेदेखि ३ः३० सम्म मतदाता नामावलीमाथि दाबी बिरोध, ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन, ४ः३० देखि ६ः३० दरखास्त फारम भर्ने समय तोकिएको छ ।
त्यसैगरि ६ः३० बजे दर्ता भएका उम्मेरदवारको नामावली प्रकाशन, ७ः३० र ८ः४५ सम्म उम्मेरदवारमाथि उजुरी गर्ने समय निर्धारण गरिएको छ । ९ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।
यसैगरी राति ९ः३० देखि बिहान ८ः०० बजेसम्म उम्मेरदारी फिर्ता, ९ः३० बजे उम्मेरदवारको अन्तिम नामावली प्रकाशन र १२ः३० बजे जेखि बेलुका ६ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन भएको प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद खनालले जानकारी दिए ।

