२०८३ वैशाख १२ , शनिबार

कर्णालीमा एमाले अधिवेशन : राजबहादुर र प्रेमले पनि लिए उम्मेदवारी फिर्ता



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष पदका उम्मेदवार राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा पुर्व सभामुख समेत रहेका दैलेखका शाही र पूर्वमन्त्री समेत रहेका कालीकोटका सिंहले अध्यक्ष उम्मेदवारी दिएका मीनबहादुर शाहीलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

अब अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोछका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा हुनेछ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका छन् ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार