हमास–इजरायल युद्धमा मारिने पत्रकारको सङ्ख्या ९९ पुग्यो

खबरदृष्टि सम्वाददाता ८ पुष २०८०, आईतवार ०९:५७

एजेन्सी । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको सङ्ख्या ९९ पुगेको छ।

गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाको कारबाहीमा मारिने पत्रकारको सङ्ख्या ९९ पुगेको बताएको हो।

पछिल्लो पटक इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको एक घरमा बमबारी गरे पछि पत्रकार मुहम्मद खलिफा मारिएका छन्।

Next Post

उपप्रमुख चढ्ने गाडीमा आगजनी

८ पुष २०८०, आईतवार ०९:५७
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट प्रदेश २–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। उपप्रमुख महतोको गौशाला १ रामनगरस्थित घर आँगनमा पार्किङ गरिएको अवस्थामा शनिबार राति गाडीमा आगजानी भएको प्रहरीले जनाएको छ। घरका परिवारले […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031