मृत्युको हल्ला फैलिएपछि कलाकार काजी सापले भने– ‘म सकुशल घरमै छु’

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १५ भाद्र २०८१, शनिबार १६:०१
कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’

काठमाडौँ । कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ ले आफू सकुशल रहेको बताएका छन् । बिहानैदेखि सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन् ।

‘बिहानैदेखि मलाई साथीभाइ, आफन्तको फोनहरू धेरै आइरहेको छ । बाहिर मेरो मृत्युको हल्ला पो फैलिएछ’, अधिकारीले भने, ‘म घरमै सकुशल छु ।’ कसरी र कसले यस्तो हल्ला फैल्यायो आफूले बुझ्न नसकेको उनको भनाइ छ ।

‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको तस्बिर राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयुमा वृद्धि गर्‍यो’ उनले थपे, ‘किन र कसले केका लागि हल्ला गर्‍यो । त्यो बुझ्न सकिन ।’ अधिकारीको शनिवार बिहानैदेखि सामाजिक सञ्जाल लगायतमा मृत्युको हल्ला फैलिएको हो ।

अधिकारी पछिल्लो समय अभिनयमा ‘काजी साप’ को रूपमा परिचित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’ बाट पाएका हुन् । अधिकारी फिल्म, टेलिफिल्मदेखि म्युजिक भिडियोसम्म छाउन सफल छन् ।

Next Post

काँक्रेबिहारमा फोटो खिच्न जानेसँग मनोमानी पैसा असुली

१५ भाद्र २०८१, शनिबार १६:०१
सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रमध्येको काँक्रेबिहारमा तस्बिर खिच्न जानेहरूबाट मनोमानी पैसा उठाउने गरेको पाइएको छ। उक्त क्षेत्रभित्र जाने पर्यटकहरूको तस्बिर खिच्न भनेर काँक्रेबिहार जाने क्यामरा पर्सनहरूबाट मनोमानी पैसा उठाउने गरिएको पाइएको हो । दैनिक पाँच सय रुपैयाँका दरले उनीहरूबाट शुल्क लिँदा रसिद वा कुनै बिल समेत दिइएको छैन। एक […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930