जन्मदिनको शुभकामना आशिका

‘ठूलो होइन, असल मानिस बन्नू’

खबर दृष्टि
विनाेद घिमिरे ३ मंसिर २०८१, सोमबार १८:२१


प्रिय आशिका,
आज उनको जन्म दिन । म बाबा बनेको र उनी हाम्रो जिन्दगीमा आएको पनि आज ५ वर्ष पुरा भएछ । प्यारी छोरी मनमुटु भरीको असिम माया, ममता सु–स्वास्थ्यको कामना गर्नुको साथै तिमीले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन् भन्दै र शैक्षिक मार्गमा सदा सफलता रहोस् भन्ने कामना गर्दै जन्मदिनको लाखौं लाख शुभकामना ।

मेरो लागि सबैभन्दा ठूलो दिन २०७६ मंसिर ३ गते दिउँसो ३ः१५ थियोे । त्यस छिन्चु स्वास्थ्य चौकी प्रसुुति कक्षभित्र अनमीको साथमा तिम्रो आमा एक्लै गएकी थिइन् । तिमीलाई लिन नर्मल रुपमा तिमी आफ्नी आमाको पेटबाट निस्किँदै आफ्ना सुन्दर आँखाले पहिलो पटक यो धर्ती नियाल्दा हाम्रो खुसीको कुनै सिमाना थिएन् । तिमी जन्मेको दिन खुसी मापन गर्ने यन्त्र बनेको थियो भने सायद हाम्रो परिवारको खुसी त्यस यन्त्रले मापनै गर्न सक्दैनथ्यो होला ।

जन्मदिनको धेरै धेरै शुभकामना मेरी प्यारी गुडिया छोरी आशिका । हरेक बाबू आमाको निम्ति आफ्ना सन्तानहरुको जन्मदिन निकै महत्वपुर्ण रहन्छ । किनकी हरेकका सन्तान उनीहरुकै रगत पसिना र भावनाबाट सिर्जिएका अमुल्य उपहार हुन् । सबै छोरीको भाग्यमा बाबू आमा लेखिएको हुन्छ तर थोरै आमाबाबुहरुको भाग्यमा मात्रै छोरी लेखिएको हुन्छ । यस अर्थमा तिम्रो बाबु आमा हुन पाउनु हाम्रो लागी ठुलै सौभाग्यको कुरा हो ।

तिम्रो बाबा भएकोमा गौरव महशुस गर्छु म आफैसँग । परिवारमा तिम्रो उपस्थिति साँच्चिकै महत्वपुर्ण छ, छोरी । हामीले हृदयदेखि नै तिम्रो आगमनमा खुसी मनाएका थियौ । छोरी तिमी सानैदेखि सबैकी प्रिय, सन्तोषी, हँसिली र अत्यन्तै ज्ञानि पनि छौ । अनि मीठो बोल्न बरदान नै पाएकी छौ । उमेरले सानै भएपनि ति तिम्रा हरेक कुराहरु बुझ्ने एक परिपक्क व्यक्ति जस्ता हुन्छन्न्, यी कुराहरुले मेरो मन फुरुङ्ङ हुन्छ ।

तिमी धेरै बोेल्ने भएकी छौ । बोल्नुपर्छ, नबोल्ने मान्छेलाई समाजले पनि हेप्छन् । छोरी बोल्ने गर्नु तर अनावश्यक कुराहरु कहिल्यै नबोल्नु । तिम्रो स्पर्श, स्नेह, माया, ममता, हेर्दा आफू धेरै भाग्यमानी भएको महशुस गरेको छु । छोरी तिमीलाई यी नजरदेखि टाढा कहिल्यै राख्न नपरोस् । जीवनमा ठूलोभन्दा पनि असल व्यक्तिको रूपमा तिमीलाई उभ्याउने हाम्रो प्रयास सधैं रहनेछ ।

हाम्रो मात्र होइन सिंगो समाजका थुप्रै दुखेका मनहरूको समेत खुसीको कारण बन्न सक्षम हुनू, आशीर्वाद छ तिमीलाई । फेरि पनि भन्छु छोरी, जिन्दगीमा ठूलो मान्छे होइन असल मानिस बन्नू, जिन्दगीको बाटोमा आउने हरेक चुनौतीसँग मुस्कुराउँदै लड्ने शक्ति मिलोस्, तिमीले चालेको प्रत्येक पाइलाले सफलताको शिखर चुम्न सकुन् हरेक पल, हरेक क्षण, तिम्रो पाइलाले सफलता पाओस् ।

सप्तरङी रंग झै तिम्रो जिबनमा उमङ्ग छाओस,
दुख तिम्रो छेउ आउनु अगाबै, सामना गरोस् ।
हरपल तिमी बिहानीको सुर्यको पहिलो किरण झै चम्किरहनु ।
तिम्रो जन्मदिनको अवसरमा मेरो माया र आशिष सधैं तिमीलाई
आउने हरेक ऋतु , बसन्तले तिम्रो जीवन उज्यालो पारिरहोस् ।
मुटुमा अटुट माया र आशिष तिम्रो शिरमा रहिरहोस् ।
सधैं सधैं तिम्रो पाइला प्रगतिको शिखरमा लम्किरहोस् ।
जन्मदिनको लाखौं लाख मेरो गुडिया छोरीलाई शुभकामना, शुभकामना फेरी शुभकामना तिम्रो बाबा र सम्पुर्ण परिवारकोको तर्फबाट……

Next Post

चौरजहारीमा चिर्पट हानेर श्रीमतीद्वारा श्रीमानको हत्या

३ मंसिर २०८१, सोमबार १८:२१
सुर्खेत । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । ३२ वर्षीया दिपा कुमालले ४० वर्षीय मधु कुमालको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । आज बिहान अन्दाजी २ः३० बजे घरायसी विवादको कारण दिपाले चिर्पटले हानेर मधुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930