विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु : परराष्ट्रमन्त्री देउवा

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २९ पुष २०८१, सोमबार १२:५०

काठमाडौं । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले नेपाली विद्यार्थी विपिन जोशीको सकुशल उद्धारको लागि पहल भइरहेको बताएकी छन् । आज (सोमबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले विपिन सकुशल रहेको र उनी फर्किनेमा आफू ढुक्क रहेको बताएकी हुन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएको विपिनको बारेमा बोल्दै मन्त्री राणाले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु।’ उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्।

मन्त्री राणाले विपिनको रिहाइका लागि नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विशेष पहल गरिदिन आग्रह गरिएको पनि बताईन् । ७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गरी नेपाली विद्यार्थी विपिनलगायतलाई बन्धक बनाएर गाजातर्फ लगेको बताइएको छ । त्यसयता विपिनको बारेमा आधिकारिक कुनै खबर आएको छैन ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।

Next Post

सुर्खेत बहुमुखी क्याम्पसकाे प्रमुखमा पुन: माधव खनाल नै नियुक्त

२९ पुष २०८१, सोमबार १२:५०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता एमनसिंह बोहोराले कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्तिको निर्णय गरेको बताए । क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो । समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको […]

सम्बन्धित समाचार

September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930